Rule 12
स्रोत उपयोग अनुमतिपत्रको लागि दरखास्त दिनु पर्ने
– (१) स्रोतको उपयोग गर्न चाहने व्यक्ति वा संगठित संस्थाले अनुमतिपत्रको लागि एक हजार रुपैया“ दस्तुर सहित अनुसूची– ५ बमोजिमको ढा“चामा समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएमा समितिले सो सम्बन्धमा आवश्यक जा“चबुझ गर्नेछ र त्यसरी जा“चबुझ गर्दा थप कागजात माग गर्नु पर्ने देखिएमा दरखास्त परेको मितिले पन्ध्र दिनभित्र दरखास्तवालालाई सो कुराको सूचना दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम समितिले दिएको सूचना बमोजिम दरखास्तवालाले थप कागजात पेश गरेको मितिलाई नै ऐनको दफा ८ को उपदफा (२) को प्रयोजनको लागि दरखास्त परेको मिति मानिनेछ ।